First slide

रसुवाका किसानलाई नि:शुल्क कुखुरापालन तालिम

By AB Pellet Feed Pvt. Ltd.

रसुवा । किसानलाई कुखुरापालनमा आर्कर्षित गर्न तथा यो पेशामा लाग्न चाहनेलाई उत्प्रेरित गर्नका लागि रसुवाको कालिका गाउँपालिकामा निःशुल्क कुखुरापालन तालिम दिइएको छ ।

रसुवाको कालिका गाँउपालिका– २ मा रहेका किसानलाई लक्षित गरी तालिम दिइएको हो । एबि पेलेट फिडको आयोजना तथा रसुवाको कालिका गाँउपालिकामा रहेको पासाङ लामु पोल्ट्रि सप्लायर्सको समन्वयमा तालिम दिइएको एबि पेलेट फिडका प्राविधिक दिपेस लामिछानेले जानकारी दिनुभयो ।

तालिममा खोर व्यवस्थापन, जैविक सुरक्षा, खोरको सरसफाई, बु्रडिङ ब्यबस्थापन, पोस्टम्याटम, बोइलर कुखुराको सफल अभ्यास, बोइलर कुखुराको महत्वपूर्ण रोग, यसको ब्यवस्थापन लगायतका पक्ष किसानलाई जानकारी दिइएको थियो ।