First slide

ए.बि. प्यालेट फिडले सिन्धुलीमा पशु आहार,रोग र उपचारसम्बन्धी गर्यो अन्तरक्रिया कार्यक्रम

By AB Pellet Feed Pvt. Ltd.

सिन्धुली : ए.बि. प्यालेट फिड प्रा.लि. विभिन्न जिल्लामा/कृषकहरुलाई गाईभैंसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न गरेकाे छ ।

कमलामाई नगरपालिका वडा नंं.-५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा गाई भैंसी पालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।

राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. का अध्यक्ष यम कुमार देवकोटाको अध्यक्षता संचालन भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक पिताम्बर संजेलले सहजीकरण गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा गाई भैंसी पालन गर्दा अपनाउनु पर्ने विशेष कुराहरु संगै आहारा व्यवस्थापन र कृषकले पशुपालन गर्दा अपनाउनु पर्ने साधारण देखि प्राविधिक कुरावारे जानकारी गराइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा एबी प्यालेट फिड प्रालिले उत्पादन गरेको शुभम र सुपर दानाको विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै एबी प्यालेट प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताउँदै एबी प्यालेट फिड्सद्वारा उत्पादित शुभम र सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रशिक्षक डा.अस्बिन कुमार झा र डा. रबिना श्रेष्ठले हाल पशुपन्छीमा देखिएकाे लम्पीस्किन रोगका कारण कृषकले धेरै क्षति बेहाेर्नुपर्दा पशुपालन क्षेत्रमा असर परेको बताए । उनले आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउ कृषकहरू नै सजग हुनुपर्ने बताएका छन् ।

उनले पशुपालन गर्दा गोठको अवस्थिति, मलमूत्रको व्यवस्थापन र पशुका विभिन्न जातका बारेमा जानकारी गराएका थिए । उनले हालसालै मात्र ठूलो समस्याका रूपमा देखा परेको लम्पी स्किन रोगलगायत विभिन्न रोग र उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष यम कुमार देवकोटाले  कम्पनीहरूले सुरुमा राम्रो दाना पठाउने तर पछि बिक्री बढ्न थालेपछि दानाको गुणस्तर घटाउने गरेको गुनासे गरेका थिए । तर सहकारीसँग आबद्ध किसानलाई जुनसुकै हालतमा पनि गुणस्तरीय दाना उपलब्ध गराइने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रम सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथामिकता रहेको बताएका थिए ।

कार्यक्रममा करीब ७३ जनाको सक्रिय सहभागिता रहेको थियो । एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दिपेश लामिछानेले यसै कम्पनिको मुख्य विषयमा शुभम र सुपर दाना गुणस्तर कायम हुने र यस कम्पनीको स्थापनाकाम गरेको बिगत करिब चार दशक काम गर्दै आएको हुदा दानाको गुणस्तर नघट्ने  प्रतिबद्धता गरेका छन ।

यस्तै कम्पनीका प्राविधिक बुद्धिमान कार्की, मार्केटिङ म्यानेजर राजेन्द्र मैनाली ए.बि पेलेटका प्रबन्धक रोसन तिमल्सिना लगायतले आफ्ना भनाइहरू राखेका थिए ।साथै यस सिन्धुलीका पुरानो व्यवसायक कमलामाई ह्याचरी प्राइभेट लिमिटेडका ॐ श्रेष्ठले पनि व्यवसायिक विषयमा आफ्नो भनाइ राखेका थिए ।